नियम
सामूहिकृत हुने
(१) यी नियमहरू प्रारम्भ हुँदाका बखत नेपाल शिक्षा सेवाका देहायका समूह तथा उपसमूहमा कार्यरत कर्मचारीहरूलाई देहायका समूह तथा उपसमूहमा समूहीकृत गरिएको छः
(क) टिचिङ (अध्यापन) समूह, उच्च शिक्षामा कार्यरत कर्मचारीहरूलाई अध्यापन समूह, उच्च शिक्षा समूहमा ।
(ख) टिचिङ (अध्यापन) समूह, माध्यमिक शिक्षामा कार्यरत कर्मचारीहरूलाई अध्यापन समूह, माध्यमिक शिक्षा उपसमूहमा ।
(ग) प्रिन्टिङ (मुद्रण) समूह, प्रेस इन्जिनियरिङ उपसमूहमा कार्यरत कर्मचारीहरूलाई मुद्रण व्यवस्थापन समूह, प्रेस इन्जिनियरिङ
उपसमूहमा ।
(घ) प्रिन्टिङ (मुद्रण) समूह, प्रेस मेनेजमेन्ट (मुद्रण व्यवस्थापन) उपसमूहमा कार्यरत कर्मचारीहरूलाई मुद्रण व्यवस्थापन समूह, मुद्रण व्यवस्थापन उपसमूहमा ।
(ङ) पेन्टिङ एण्ड फोटोग्राफी समूह, पेन्टिङ उपसमूहमा कार्यरत कर्मचारीहरूलाई कला समूह, चित्रकला उपसमूहमा ।
(च) पेन्टिङ एण्ड फोटोग्राफी समूह, फोटाग्राफी उपसमूहमा कार्यरत कर्मचारीहरूलाई कला समूह, छविकला उपसमूहमा ।
(छ) टेष्ट एण्ड मेजरमेन्ट समूह, एजुकेशनल टेष्ट एण्ड मेजरमेन्ट उपसमूहमा कार्यरत कर्मचारीहरूलाई परीक्षण तथा मूल्यांकन समूह, शैक्षिक परीक्ष  तथा मूल्यांकन उपसमूहमा ।
(ज) टेष्ट एण्ड मेजरमेन्ट समूह, पर्सोनल टेष्ट एण्ड मेजरमेन्ट उपसमूहमा कार्यरत कर्मचारीहरूलाई परीक्षण तथा मूल्यांकन समूह कर्मचारी
परीक्षण तथा मूल्यांकन उपसमूहमा ।
(झ) लाइव्रेरी साइन्स समूहमा कार्यरत कर्मचारीहरूलाई पुस्तकालय विज्ञान समूहमा ।
(२) यी नियमहरू प्रारम्भ हुँदाका बखत नेपाल शिक्षा सेवामा कार्यरत कर्मचारीहरूमध्ये उपनियम (१) मा उल्लेखित कर्मचारीहरूबाहेक अन्य कर्मचारीहरूलाई निजहरूको शैक्षिक योग्यता, कार्य विशिष्टता र अनुभवको आधारमा निजहरू बहाल रहने समूह, उपसमूह तथा पद समेत
निर्धारण गरी सम्बन्धित कर्मचारीहरूलाई जानकारी गराइनेछ ।